कोशी प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने
सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेस प्रदेशसभा बैठमा सहभागी नहुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए।
मोरङ, जेठ १३ : नेपाली कांग्रेसले कोशी प्रदेशसभा बैठक बहिस्कार गर्ने भएको छ। कोशी प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेस प्रदेशसभा बैठमा सहभागी नहुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए।
यसअघि वैशाख ३१ मा मुख्यमन्त्रीले विश्वासको मत लिएको बैठकमा पनि कांग्रेसले बहिस्कार गरेको थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति बदर र आफ्नो निरन्तरताको मागसहित निवर्तमान मुख्यमन्त्री केदार कार्की २७ वैशाखमा सर्वोच्च अदालतमा रिट हालेका थिएश्र
सर्वोच्चले केदार कार्की मुख्यमन्त्री नियुक्तीदेखिकै फाइल झिकाउन आदेश दिएको छ। सो रिटमा तेस्रो पेसी जेठ १६ गतेका लागि तोकिएको छ।
प्रकाशित मिति: ११:४८ बजे, आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार