Kathmandu Press

व्यक्तिको नाम तोकेरै छानविन समिति गठनको पक्षमा कांग्रेस

उनले गोर्खा मिडियाको नाम मात्र लिएर मात्रै नपुग्ने बताउँदै त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन नसक्ने भन्ने कांग्रेसको अडान कायमै रहेको बताए।
व्यक्तिको नाम तोकेरै छानविन समिति गठनको पक्षमा कांग्रेस
फाइल तस्बिर।

काठमाडौं, जेठ १३ : लामो समयदेखि सहकारीको रकम अपचलनमा गृहमन्त्री पनि मुछिएको भन्दै संसदीय छानवि समिति गठन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यक्तिको नाम तोकेरै छानविन समिति गठन हुनपर्ने पर्ने आफ्नो अडान देहो¥याएको छ।

आइतबार बिहान भएको कांग्रेस नेताहरुको आन्तरिक छलफलमा सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडान दोहो¥याएको हो।

Hardik ivf

सत्ता पक्ष संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान छन्, तर त्यसमा कांग्रेस सहमत नभएको कांग्रेस सहमहामन्त्री तथा छानविन समितिको कार्यादेश बनाउने कार्यदलका सदस्य जीवन परियारले बताए।

उनले गोर्खा मिडियाको नाम मात्र लिएर मात्रै नपुग्ने बताउँदै त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन नसक्ने भन्ने कांग्रेसको अडान कायमै रहेको बताए।

सहकारीबाट पैसा लिँदा नियम संगत छ किन छैन हेर्ने हो, नियमअनुसार छैन भने त्यसमा कम्पनीमात्र जवाफदेही हुने कुरा सत्तापक्षले गरिरहेको बताउँदै उनले कम्पनीले अनियमितता गर्दा सञ्चालक जवाफदेही नहुने कुराले समस्यान समाधान नुहने बताए।

प्रकाशित मिति: ११:११ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्