Kathmandu Press

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे दाहाल

उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउवालाई भेट्न बुढानिलकण्ठ पुगे दाहाल

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ।

आइताबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

Hardik ivf

उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच टीओआर टुंगो लगाएर संसदमा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहेपनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन।

यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुंगो लगाउने जिम्मा कार्यदले शीर्ष नेताहरुलाई छाडेको छ।

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबिच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरी हिजोको बैठक सकिएको थियो तर, शीर्ष नेताहरुबीचको बैठक बस्नुअघि नै दाहाल देउवालाई फकाउन बुढानिलकष्ठ पुगेका छन।
 
आज संसद् बैठक अघि  शीर्ष नेताहरुले सो विषयमा सहमती जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ।

 

प्रकाशित मिति: ०९:५६ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्