Kathmandu Press

‘शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ’

‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुंगोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ,’ उनले भनिन्।
‘शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, जेठ १३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

२२औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताइन्।

Hardik ivf

‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुंगोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ,’ उनले भनिन्।  शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उनले बताइन्।

शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुंग्याउनुपर्नेमा जोड दिइन्।

सत्य निरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताइन्।

‘यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ,’ उनले भनिन्, ‘विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुन्छ।’

प्रकाशित मिति: १०:५२ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्