Kathmandu Press

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने 

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने 

काठमाडौं, जेठ १३ : सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । 

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गरी देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाउने विभागले जनाएको छ । 

Hardik ivf

नियमित तर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइँदै छ ।

यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ति बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपीभी’ लगाउनबाट बञ्चित भएका थिए ।
 

प्रकाशित मिति: ०९:०२ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्