Kathmandu Press

संसदीय समितिको कार्यादेशबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्दै

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो । बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।
संसदीय समितिको कार्यादेशबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं, जेठ १३ : सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन र कार्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ । 

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो । बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।

Hardik ivf

कार्यदलका सदस्यले शनिबारको बैठकमा छलफल सकारात्मक भए पनि टुंगोमा पु¥याउने बाँकी काम आइतबार बस्ने शीर्ष नेताबीचको बैठकले टुंगो लगाउने जनाएका थिए । आज सरकारले जेठ १ गते संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि छलफल सकेरदुवै सदनबाट पारित गरेर अघि बढ्ने रणनीति बनाएको छ । जसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे  र राष्ट्रिय सभाको बैठक पनि साढे ११ बजे का लागि डाकेको छ । 

बिहान बस्ने शीर्ष नेताबीच सहमति हुन नसके आजको संसद् बैठकमा पनि कांग्रेसले अवरोध गर्न सक्ने देखिएको छ । 
 
प्रकाशित मिति: ०८:२८ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्