Kathmandu Press

महानगरले ढोकामै धुलो फालेपछि सडक डिभिजनको बल्ल खुल्यो चेत, निकाल्यो यस्तो बिज्ञप्ति ? 

यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ । 
महानगरले ढोकामै धुलो फालेपछि सडक डिभिजनको बल्ल खुल्यो चेत, निकाल्यो यस्तो बिज्ञप्ति ? 

काठमाडौं, जेठ १३ : सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ ।

यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ । 

Hardik ivf

‘काठमाडौंका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,’ सडक डिभिजनले विज्ञप्तिमार्फत् भनेको छ । 

डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारी र महानगरपालिकाका मेयर बालेन्द्र साहबीच काठमाडौंका सडक सुधारका विषयमा छलफल भइ नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाइ महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउनेमा सहमति भएपनि महानगरपालिकाले धुलो थुपारेको डिभिजनले आपत्ति जनाएको छ । 

मेयरले साहले चक्रपथ विस्तारमा ढिलासुस्ती भएको भन्दै शनिवार डिभिजन कार्यालयको ढोकामा एक ट्रक धुलो खसाल्दै हरेक यस्तै उपहार पठाइदिने घोषणा गरेका थिए । 

release_PRChDG20dh-1716689002.jpg

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्