Kathmandu Press

आम जनता पार्टीले लघुवित्त र सहकारीको रकम अपचलनविरुद्ध संघर्ष गर्ने

‘भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका षङ्यन्त्रको भूमिका प्रभावकारी भएन। त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्नेविरुद्ध पीडित जनताको पक्षमा जारी संघर्षलाई थप सशक्त, प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय गरिएको छ,’ अध्यक्ष साहले भने।
आम जनता पार्टीले लघुवित्त र सहकारीको रकम अपचलनविरुद्ध संघर्ष गर्ने

काठमाडौं, १२ जेठ : आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथितिविरूद्ध सातै प्रदेशमा विरोधका कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने निर्णय गरेको छ।

Hardik ivf

बैठकले विदेशी नागरिकता लिएकाको सम्पति कति र कहाँ छ भन्नेबारे खोजबिन गरी कब्जा गर्न सरकारलाई जनदबाव दिने निर्णयसमेत गरेको अध्यक्ष साहले बताए।

‘भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका षङ्यन्त्रको भूमिका प्रभावकारी भएन। त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्नेविरुद्ध पीडित जनताको पक्षमा जारी संघर्षलाई थप सशक्त, प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय गरिएको छ,’ अध्यक्ष साहले भने।

बैठकले शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पुनः माग गरेको छ। बैठकले उपत्यका विशेष कमिटीसहित सातै प्रदेशका इञ्चार्जलाई विभिन्न जिम्मेवारीसमेत तोकेको जनाइएको छ।

प्रकाशित मिति: २१:०२ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्