Kathmandu Press

संसदीय छानबिन समितिको कार्यादेशमा दलहरू सहमति नजिक, शीर्ष नेताहरुसँग परामर्श गरिने

बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलले तयार पारेको छुट्टाछुट्टै मस्यौदामा छलफल गरी साझा प्रस्ताव तयार पार्न शीर्ष नेताहरुसाग परामर्श गर्ने सहमति भएको कानुनमन्त्री तथा कार्यदलका संयोजक पदम गिरीले बताए।
संसदीय छानबिन समितिको कार्यादेशमा दलहरू सहमति नजिक, शीर्ष नेताहरुसँग परामर्श गरिने

काठमाडौं, जेठ १२ : सहकारीको रकम अपचलनसम्बन्धी स‌ंसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमतिनजिक पुगेका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शनिबार साँझ बसेको कार्यदलको बैठकमा छानविन समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका हुन्।

Hardik ivf

बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलले तयार पारेको छुट्टाछुट्टै मस्यौदामा छलफल गरी साझा प्रस्ताव तयार पार्न शीर्ष नेताहरुसाग परामर्श गर्ने सहमति भएको कानुनमन्त्री तथा कार्यदलका संयोजक पदम गिरीले बताए।

दुवै पक्षका केही बुँदामा असहमति देखिएको र त्यसलाई टुंगो लगाउन बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल हुने उनले जनाए।

कांग्रेसको तयार गरेको मस्यौदामा सात वटा सहकारीमाथि छानबिन हुनुपर्ने, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने र गोर्खा मिडिया नेटवर्क प्रालिको नाम लेख्नैपर्ने उल्लेख छ भने सत्तारुढ दलले अपचलन भएका र समस्याग्रस्त देखिएका ६ वटा सहकारी संस्थाको अध्ययन तथा अनुसन्धान गर्न सकिने खाका अघि सारिएका छन्।

शीर्ष नेताहरुको बैठक आजै बस्ने बताइएको छ।

प्रकाशित मिति: १९:२१ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्