Kathmandu Press

मन्त्री महासेठलाई बालेनले दैनिक एक ट्रक धुलो उपहार पठाउने

‘काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ, यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन,’ उनले लखेका छन्, ‘जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला।
मन्त्री महासेठलाई बालेनले दैनिक एक ट्रक धुलो उपहार पठाउने

काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गरेका छन्।

कलंकीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा १५ वर्षदेखि काठमाडौंको जनताले धेरै धुलो र कष्ट बेहोर्नु परे भन्दै मेयर बालेनले समाजिक सञ्जालमार्फ मन्त्री महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने बताएका छन्।

Hardik ivf

काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा टिपरबाट धुलो थुपारिदिएर त्यसको सुरुआत गरेको छ। यी दुवै ठाउँमा धुलो थुपारेको भिडियो पनि बालेनले समाजिक सञ्जामाल पोस्ट गरेका छन्।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला,’ बालेनले लेखेका छन्, ‘विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ।’

बालेनले काठमाडौंमा हुने आधा भन्दा बढी प्रदूषण त्यहाँ कै धुलोको भएको उल्लेख गरेका छन् । उनले महानगरवासीले धुलो धुँवा खानु परेको, बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको र गतब्यमा पुग्न ढिला हुनेजस्ता समस्या खेपिरहेको बताएका छन्।

चक्रपथ विस्तारमा ढिलाई हुँदा महानगरले गाली खानुपरेको भन्दै उनले काम अगाडि नबढाएसम्म दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन्।

‘काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ, यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन,’ उनले लखेका छन्, ‘जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला।

प्रकाशित मिति: १९:०६ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्