Kathmandu Press

संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न कार्यदलको बैठक सुरु

आइतबार बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यादेशमा सहमति जुटाउने प्रयास स्वरुप कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन्।
संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न कार्यदलको बैठक सुरु

काठमाडौं, जेठ १२ : सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बनेको कार्यदलको बैठक सुरु भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कानुन मन्त्री पदम गिरी, कांग्रेसका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सहभागी छन्।

Hardik ivf

कांग्रसेले कार्यादेशमा सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम नै उल्लेख गर्नुपर्ने बताउँदै आएको छ भने सत्ता पक्षले गृहमन्त्रीको नाम उल्लेख गर्न नसकिने अडान लिँदै आएको छ। सोही कारण सहमति जुट्न सकेको छैन।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यादेशमा सहमति जुटाउने प्रयास स्वरुप कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन्। संसदीय छानविन समिति बनाउने सहमति भएपनि कार्यादेशमा कुरा नमिल्दा सदन अवरुद्ध भइरहेको छ।

 

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्