भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन
नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रुपैयाँ बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए।
झापा, जेठ १२ : भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ।
नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रुपैयाँ बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए। उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ रुपैयाँ राजस्व संकलन गरेको थियो।
नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो।
‘राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने।
प्रकाशित मिति: १५:०२ बजे, शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












