रोटरी क्लब अफ राजधानीले बि एण्ड बि अस्प्ताललाई दियो ६ वटा डायलायसिस मेसिन
रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फका ६ वटा डायसालिसस मेसिन रोटरी क्लब अफ राजधानीले एक कार्यक्रम गर्दै बि एन्ड बि अस्प्ताललाई हस्तान्तरण गरेको हो।काठमाडौं, जेठ १२ : रोटरी क्लब अफ राजधानीले ललितपुरको ग्वार्गोमा रहेको बि एन्ड बि अस्प्ताललाई डायलासिस मेसिन हस्तान्तरण गरेको छ।
रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फका ६ वटा डायसालिसस मेसिन रोटरी क्लब अफ राजधानीले एक कार्यक्रम गर्दै बि एन्ड बि अस्प्ताललाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा अस्पतालका संस्थापक डा. जगदिश वैद्य एवं डा. अशोक बास्कोटाले जीवन बचाउने उपकरण प्रदान गरेको धन्यवाद दिँदै यसले मृगौलाका बिरामीहरुलाई लाभ पुग्ने बताए।
डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन संभव भएको हो।
‘रोटरीले सधैं समुदायलाई सहयोग गरिरहेको हुन्छ,समुदायमा सहयोग होस् भनेर डायलासिस मेशिन हस्तान्तरण गरिएको हो,’ असिस्टेन्ट गभर्नर राजभाइ सुवालले भने।
यस्तै, एआरआरएफसी एमकेझाले सबैको सहयोगमा ग्लोबल ग्रान्ड स्वीकृत भइ ६ वटा डायलायसिस मेशिन मार्फत् बिरामीले सेवा लिन पानउे भन्दै खुशी व्यक्त गरे।
रोटरी क्लब अफ राजधानीका अध्यक्ष केपी उपाध्यायले सफलतापूर्वक प्रोजेक्ट कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे। उनले यी मेसिन विपन्न परिवारका मृगौलाका बिरामीले लाभ लिनेमा आफूहरु विश्वस्त रहेको बताए।
५४ हजार ६ सय अमेरिकी डलर बराबरका यी मेसिनबाट दैनिक १८ जना बिरामीको डायलासिसको सेवा पाउने छन्।
रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले बताएको छ। स्थानीय तहको सिफारिसको आधारमा अस्पतालले निःशुल्क रुपमा डायलासिस सेवा उपलब्ध गराएको छ।