आम जनता पार्टीको पदाधिकारी बैठक बस्दै
बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिए।
काठमाडौं, जेठ १२ : आम जनता पार्टीको पदाधिकारी बैठक आज बस्दैछ।
शनिबार दिउँसो बस्ने बैठकमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गरिने बताइएको छ।
यस्तै, बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिए।
प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












