Kathmandu Press

प्रधानमन्त्री दाहाल र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेट

भेटमा प्रधानमन्त्री दाहालले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका पक्षमा प्रतिबद्धता व्यक्त गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाल सधैं प्रयत्नशील रहेको स्पष्ट पारेका थिए।
प्रधानमन्त्री दाहाल र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेट

काठमाडौं, जेठ ११ : एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेकी छिन्।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच सङ्क्रमणकालिन न्याय एवम् मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

भेटमा प्रधानमन्त्री दाहालले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका पक्षमा प्रतिबद्धता व्यक्त गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाल सधैं प्रयत्नशील रहेको स्पष्ट पारेका थिए।

उनले ले संसदमा विचाराधिन सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताएका थिए।

त्यसअवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दाहालको भूमिकाको प्रशंसा गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुंगिने विश्वास व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्