Kathmandu Press

बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गर्‍यो

सम्झौता नवीकरण गरेको केही सातापछि जाभीले दिएको अभिव्यक्तिप्रति बोर्सिलोनाको बोर्ड रुस्ट बनेको थियो। त्यसपछि बार्सिलोना जाभीलाई हटाउने निष्कर्षमा पुगेको हो।
बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गर्‍यो

काठमाडाैं, जेठ ११ : आफ्ना लिजेन्ड पूर्वखेलाडी तथा प्रशिक्षक जाभी हर्नान्डेजलाई स्पेनिस क्लब बार्सिलोनाले बर्खास्त गरेको छ।

ला लिगाको अन्तिम खेलसँगै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। बार्सिलोनाले आइतबार राति सेभियासँग खेल्दै छ। त्यो खेल नै जाभीको अन्तिम खेल हुनेछ।

Hardik ivf

जाबीले यअसघि नै सिनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका थिए। तर, पछि फेरि क्लब पादाधिकारीको छलफल पछि उनले १ वर्षका लागि सम्झौता नवीकरण गरेका थिए।

सम्झौता नवीकरण गरेको केही सातापछि जाभीले दिएको अभिव्यक्तिप्रति बोर्सिलोनाको बोर्ड रुस्ट बनेको थियो। त्यसपछि बार्सिलोना जाभीलाई हटाउने निष्कर्षमा पुगेको हो।

बार्सिलोना अध्यक्ष जोन लापोर्टे र स्पोर्टिङ डाइरेक्टर डेकोले शुक्रबार विहान जाभीलाई प्रशिक्षकमा निरन्तरता दिन नसक्ने बताएका छन्।

४४ वर्षीय जाभी २०२१ मा बार्सिलोनाको प्रशिक्षक बनेका थिए। उनले २०२२–२३ मा ला लिगाको उपाधि दिलाए।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्