Kathmandu Press

कैलाश सिरोहिया अझै तीन दिन थुनामा रहने

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले शुक्रबार सिरोहियालाई ३ दिन थुपनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
कैलाश सिरोहिया अझै तीन दिन थुनामा रहने

धनुषा, जेठ ११ : नागरिकता प्रकरणम थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले शुक्रबार सिरोहियालाई ३ दिन थुपनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

Hardik ivf

गत मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहिलाई बुधबार जिल्ला अदालतले ३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

शुक्रबार सिरोहिया पक्षका वकिलले उनलाई साधारण तारेखमा छाड्न अपिल गरेका थिए। तर, अदालतले त्यो अपिल खारेज गरेको छ।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्