Kathmandu Press

गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउ कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

शुक्रबार अपरान्ह बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेस नेताहरुले गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउमा विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो।
गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउ कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ मागेको छ।

शुक्रबार अपरान्ह बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेस नेताहरुले गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउमा विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो।

Hardik ivf

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले दुवै विषयमा प्रधानमन्त्रीको ध्याकर्षण गराउँदै जवाफ माग गरिएको बताए।

‘प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं। उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उृभिएर जुन कुरा गर्नुभएको छ,’ बैठकपछि प्रतिक्रिया दिँदै उनले भने, ‘कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको विषयमा ध्यानाकर्षण गराएका छौं। यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं, दुवै वषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला।’

गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टिओआर टुंग्याउन बसेको बैठक सकारात्मक भएपनि कुरा नटुंगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

 

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्