Kathmandu Press

‘नेपाली राजनीतिमा सफाइ आवश्यक छ’

आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेन्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने बताए।
‘नेपाली राजनीतिमा सफाइ आवश्यक छ’

बाग्लुङ, जेठ ११ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा सफाई आवश्यक भएको बताएका छन्।

पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीहरू सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेकाले राजनीतिमा सफाई अवाश्यक भएको बताए।

Hardik ivf

डा. भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउन आवश्यक भएको पनि बताए। आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेन्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने बताए।

पछिल्लो समय नयाँ पार्टीहरूले आफ्ना एजेन्डा समातेका भए पनि उनीहरूसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्ने उनले जिकिर गरे।

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्