कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको बताइएकाे छ।
काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छिन्।
शुक्रबार दिउँसो एमनेस्टीकी महासचिव कल्लामार्ड र सभापति देउवाबीच बुढानिलकण्ठस्थित देउवा निवासम भेट भएको हो।
भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












