Kathmandu Press

बालुवाटारमा शीर्ष नेताहरू छलफलमा

प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा भएको बैठकमा प्रधानमन्त्री दाहालसँगै नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेसबाट कृष्ण सिटौला, गगन थापा, रमेश लेखकलगायत सहभागी रहेको बताइएको छ।
बालुवाटारमा शीर्ष नेताहरू छलफलमा
फाइल तस्बिर।

काठमाडाैं, जेठ ११ : संसदमा देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा भएको बैठकमा प्रधानमन्त्री दाहालसँगै नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेसबाट कृष्ण सिटौला, गगन थापा, रमेश लेखकलगायत सहभागी रहेको बताइएको छ।

Hardik ivf

बैठकमा संसद्को अवरोध अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।

दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने सहमति भएपनि कार्यादेशमा भने सहमति हुन सकेको छैन। कांग्रेसले गृहमन्त्रीको नामनै तोकेर छानविन गर्नुपर्ने अडान लिएको छ भने सत्तापक्ष त्यसमा तयार भएको छैन।

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्