सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए
विशेष अदालतले दोषी ठहर गरेको ३ दिन दिनपछि पोखरेल आफ्नै घरको भर्याङमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
काठमाडाैं, जेठ ११ : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। विशेष अदालतले दोषी ठहर गरेको ३ दिन दिनपछि पोखरेल आफ्नै घरको भर्याङमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।
घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको लेखिएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ। परीक्षणको प्रतिवदेन आउन बाँकी छ।
प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












