Kathmandu Press

बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए।
बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना

बर्दिया, जेठ ११ : नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिंचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ।

आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन संकलन गर्दैछ।

Hardik ivf

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए।

‘मुआब्जाका लागि जग्गाधनी प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद लिइ जग्गाधनी स्वयं वा अदालतबाट प्रमाणित अधिकृत वारेशनामा पत्रसहित आउनुपर्छ, हामीले सूचना जारी गरिसकेका छौं,’ उनले भने, ‘जग्गा धनी वा वारेश लिएको व्यक्ति उपस्थित भई आयोजनाका नाममा जग्गा दाखिला गरेपछि मुआब्जा रकम उपलब्ध हुन्छ।’

गुलरिया नगरपालिका–१, २ र ३ को लागि वडा नं १ को वडा कार्यालयमा आयोजनाका कर्मचारीबाट सहायता कक्ष राखी सेवा सञ्चालन गरिएको छ। मुआब्जाका लागि सडकसँग जोडिएको र खेतीयोग्य जमिन वर्गीकरण गरी रकम मूल्यांकन गरिएको उनको भनाइ छ।

मुआब्जाका लागि आवश्यक कूल २८ करोडमध्ये यस वर्ष तीन करोड रुपैयाँ वितरण गर्ने र अपुग रकम अर्को वर्ष भुक्तानी गर्ने आयोजनाको तयारी छ। अघिल्लो वर्ष निर्णय भएकाहरुले यस वर्ष भुक्तानी पाउनेछन्। आवेदन दिइ मुआब्जा लिन निर्देशक देवकोटाको आग्रह छ।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्