Kathmandu Press

इमरान खानको पार्टी सचिवालयमा चल्यो डोजर

सीडीएको अतिक्रमण विरोधी टोलीले विहीवारदेखि अवैध निर्माण तथा अतिक्रमण हटाउन अभियान चलाएको थियो। उक्त टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयलाई सिल गरेको थियो।
इमरान खानको पार्टी सचिवालयमा चल्यो डोजर

काठमाडौं, जेठ ११ : पाकिस्तानमा इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ।

राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ।

Hardik ivf

सीडीएको अतिक्रमण विरोधी टोलीले विहीवारदेखि अवैध निर्माण तथा अतिक्रमण हटाउन अभियान चलाएको थियो। उक्त टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयलाई सिल गरेको थियो।

पार्टी कार्यालयमा सरकारी संयन्त्रबाटै क्षति पुगेपछि इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले वर्तमान सरकारको आलोचना गरेको  । पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती भने जेलमा छन्।

पीटीआईका अध्यक्ष ब्यारिस्टर गौहर अलीले सीडीएसँग भवनमा डोजर चलाउने कुनै अनुमति नै नभएको बताउँदै पूर्व सूचना विना काम गरेको आरोप लगाए। पीटीआई अध्यक्षले परिसरमा कुनै अवैध निर्माण नभएको दाबी गरे।

पीटीआईका महासचिव र राष्ट्रिय सभामा विपक्षी दलका नेता उमर अयुबले आन्तरिक मन्त्री मोहसिन नक्वीलाई पार्टी कार्यालय भवनमा डोजर लगाएर गैरकानूनी काम गरेको बताए।

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्