Kathmandu Press

पोखरामा पनि कोरोनाको परीक्षण हुने

पोखरा, चैत १८ : कोरोना भाइरसको परीक्षण पोखरामा पनि हुने भएको छ। त्यसका लागि आवश्यक उपकरण पोखरा पुगेका छन्।

कोरोनाको शंकास्पद बिरामीको स्वाब ....

पोखरामा पनि कोरोनाको परीक्षण हुने

पोखरा, चैत १८ : कोरोना भाइरसको परीक्षण पोखरामा पनि हुने भएको छ। त्यसका लागि आवश्यक उपकरण पोखरा पुगेका छन्।

कोरोनाको शंकास्पद बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेसिन पोखरा पुगेको छ। नेपाली सेनाको हेलिकप्टरबाट मेसिन ल्याइएको हो।

गण्डकी प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

मेसिनसँगै आवश्यक किट, केमिकल र विज्ञको टोली पनि पोखरा पुगेको छ। अब छिट्टै परीक्षण सुरु हुने जनाएको छ।

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्