Kathmandu Press

सबैभन्दा सजिलो व्यवसाय भ्रष्टाचार : राप्रपा अध्यक्ष लिङ्देन

‘भ्रष्टाचार सामान्य लिने दिने, कुरामा मात्र सीमित छैन । संगठित रुपमा ऐन कानूनको फाइदा लिने, सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल ऐन कानून नै निर्माण गर्ने तहसम्म पुगेको छ।’
सबैभन्दा सजिलो व्यवसाय भ्रष्टाचार : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, जेठ ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका छन्।

आज राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानून निर्माण गर्ने तहसम्म पुगेको बताए।

Hardik ivf

‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन अहिले तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त छ । खासगरि २०४६ सालको राजनीतिक परिवर्तन पछि अनेक रुप र स्वरुपमा भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको छ,’ उनले भने, ‘भ्रष्टाचार सामान्य लिने दिने, कुरामा मात्र सीमित छैन । संगठित रुपमा ऐन कानूनको फाइदा लिने, सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल ऐन कानून नै निर्माण गर्ने तहसम्म पुगेको छ।’

उनले न्यायालय तथा संवैधानिक अंगहरुमा दलकै सिफारिसमा नियुक्त मानिस भएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रुपमा उभिन राप्रपाले अठोट गरेको बताए।

‘मुलुकमा भ्रष्टाचार संस्थागत जस्तै भएको छ। सबैजसो मुख्य राजनीतिक दलहरुको सबैजसो सदस्यहरुको भ्रष्टाचारमा संलग्नता छ,’ उनले भने, ‘न्यायालय तथा संवैधानिक अंगहरुमा दलकै सिफारिसमा नियुक्त मानिसहरु भएका कारण भ्रष्टाचारीहरु पूर्ण रुपमा कम हुने सम्भावना न्यून छ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रुपमा उभिन बताए।

सत्ता स्वार्थमा बसेर दलहरुले गर्ने क्रियाकलापले विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बन्दै गएको भन्दै वैदेशिक सम्बन्धमा दल र सत्ता होईन, देश हुनुपर्ने पनि उनको भनाई थियो।

अध्यक्ष लिङ्देनले नेपालमा वैदेशिक हस्तक्षेप र चलखेल व्यापक रुपमा बढेको बताए। उनले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलापका कारण बिग्रिने सम्बन्ध र भोग्नु पर्ने क्षति केवल ती दलहरुले मात्र होइन सबै नेपाली जनताको भएको बताए।

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्