Kathmandu Press

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी–१ र केपी–२

अहिले सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोरोनाको यो भेरियन्ट र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा भेटिएको हो।
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी–१ र केपी–२

काठमाडौं, जेठ ११ : कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी–१ र २’ नेपालमा पनि भेटिएको छ।

अहिले सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोरोनाको यो भेरियन्ट र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा भेटिएको हो।

Hardik ivf

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ४२ प्रतिशतमा  ‘केपी–१ र २’ पुष्टी भएको जनाएको छ।

ओमिक्रोनकै सब–भेरिएन्ट हो केपी–२ अन्य भेरियन्टभन्दा छिटो फैलने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। नेपालमा पनि पुष्टी भएपछि संकक्रमण बढ्ने उनी बताउँछन्।

‘केपी–१ र २’ले कत्तिको असर गर्छ भन्ने पत्ता लागिसकेको उनले बताए।

प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्