Kathmandu Press

किरण र ममताले ल्याए ‘तिमी सुस्तरी छेउ आइदेउन’ [भिडियाे]

नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन’ बजारमा ल्याएका छन्।
किरण र ममताले ल्याए ‘तिमी सुस्तरी छेउ आइदेउन’ [भिडियाे]

काठमाडौं, जेठ ११ : नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन’ बजारमा ल्याएका छन्।

नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज राहुल प्रधानले गरेका छन्। गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।

Hardik ivf

दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो। केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठ फिचर्ड छन्।

विशाल थापाले खिचेको भिडियोलाई कलर र सम्पादन दिनसन शाहले गरेका छन्।

हेर्नुस् भिडियाे

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, जेठ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्