शिवशिखर सहकारीका सञ्चालक शर्माविरुद्ध ३३ अर्बको विगो दाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी
सरकारी वकिलको प्रतिवेदन रुजु गरी जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ। विभागले शर्माविरुद्ध ३२ अर्ब ९० करोड रुपैयाँ विगो दाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
काठमाडौं, जेठ ११ : सहकारीका बचतकर्ताको रकम अपचलनमा आरोपित शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा समेत मुद्दा चलाउने तयारी भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा बुझाउने तयारी गरेको छ।
सरकारी वकिलको प्रतिवेदन रुजु गरी जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ। विभागले शर्माविरुद्ध ३२ अर्ब ९० करोड रुपैयाँ विगो दाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
शर्माले ५९ वटा कम्पनीमा लगानी गरेको विभागको अनुसन्धानबाट खुलेको छ। यस्तै, उनकी पत्नी गीताले १३ वटा कम्पनीमा लगानी गरेको तथ्य फेला परेको छ ।
प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार