Kathmandu Press

गृहमन्त्रीसँगै संसदका महासचिवमाथि पनि कांग्रेसको प्रश्न

सभामुख देवराज घिमिरेले सदनमा बोल्न नदिएपछि पाण्डेयको नागरिकता प्रकरणको बिषय बाहिर उठाउनुपरेको कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले बताएका छन्।
गृहमन्त्रीसँगै संसदका महासचिवमाथि पनि कांग्रेसको प्रश्न
फाइल तस्बिर।

काठमाडौं, जेठ ११ : सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको विवादास्पद नागरिकता प्रकरणमाथि पनि प्रश्न उठाएको छ।

सभामुख देवराज घिमिरेले सदनमा बोल्न नदिएपछि पाण्डेयको नागरिकता प्रकरणको बिषय बाहिर उठाउनुपरेको कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले बताएका छन्।

Hardik ivf

‘सभामुखको अगलबगलमा, छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकता र पासपोर्ट छ भन्ने कुरा सार्वजनिक भएको होइन? उहाँ पक्राउ पर्नुभएको छ? उहाँ गिरफ्तार हुनुभएको छ र? अहिले भर्खरै मैले हेरेर आएको छु। गृहमन्त्रीको राहदानीको कुरा छ उहाँ पक्राउ पर्नुभएको छ?’ पाण्डेयको नाम नलिई महामन्त्री शर्माले भने।

संसद्का महासचिव पाण्डेयले दुईवटा नागरिकता र दुईवटा राहदानी लिएको बिषयमा समाचार प्रकाशित भएपछि विवाद उत्पन्न भएको थियो।

महामन्त्री शर्माले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई सहकारी र गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्नका लागि पक्राउ गरिएको पनि बताए। सोही कारण आफूहरुले पक्राउको विरोध गरेको भनाई शर्माको थियो।

दुईवटा पासपोर्टको विषयमा पक्राउ नगरी गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गरिएको तर कैलाश सिरोहियालाई बदलाका लागि पक्राउ गरिएको भनाई पनि उनले राखे।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्