Kathmandu Press

माइतीघरमा सहकारी पीडितको रिले अनसन

पीडितहरुले शुक्रबार माइतीघरबाट निकालेको ¥याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु भएको छ।
माइतीघरमा सहकारी पीडितको रिले अनसन

काठमाडौं, जेठ ११ : सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरूले शुक्रबारदेखि आन्दोलन सुरु गरेका छन् । पीडितले काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गरेका छन्।

विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा आन्दोलन शुरु भएको हो।

Hardik ivf

पीडितहरुले शुक्रबार माइतीघरबाट निकालेको ¥याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु भएको छ।

आफ्ना माग पूरा नभएसम्म देशैभरि सशक्त आन्दोलन गर्ने महासंघले जनाएको छ । तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र पीडितविच विभिन्न सम्झौता भएका थिए।

सम्झौता पालना नभएपछि पुनः तेस्रो पटक आन्दोलन गर्न लागिएको हो। यसअघि अहिलेका भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भइसकेको छ। तर बचतकर्ताको पक्षमा कुनै उपलब्धी नभएपछिसंघर्षका कार्यक्रम घोषणा गरिएको हो ।

 

 

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्