त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो पर्यो, ४५ मिनेटका लागि विमानस्थल बन्द
धावनमार्गको बीच भागमै खाल्टो परेकाले ‘अन्तर्राष्ट्रिय उडान र अवरण गर्न नमिल्ने बताइएको छ। आन्तरिक उडान गर्न सकिने भएपछि सुरक्षाका कारण सबै उडन र अवतरण बन्द गरिएको विमानस्थले जनाएको छ।
काठमाडौं, जेठ ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेको छ। धावनमार्गमा खाल्टो परेपछि विमानस्थल ४५ मिनेटका लागि बन्द गरिएको छ।
विमानस्थलका अनुसार धानवमार्गको ०२ मा सानो आकारको खाल्डो परेको छ। खाल्डो पुर्ने काम भइरहेको र सुक्न केही समय लाग्ने भएकाले विमानस्थल बन्द गरिएको बताइएको छ।
धावनमार्गको बीच भागमै खाल्टो परेकाले ‘अन्तर्राष्ट्रिय उडान र अवरण गर्न नमिल्ने बताइएको छ। आन्तरिक उडान गर्न सकिने भएपछि सुरक्षाका कारण सबै उडन र अवतरण बन्द गरिएको विमानस्थले जनाएको छ।
काठमाडौं आइरहेका अधिकांश जहाज ‘होल्ड’ भएका छन्।
प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार