Kathmandu Press

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आइतबार बस्ने

सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदी समितिको माग गर्दै कांग्रेसले संसद बैठक अवरोध गरेको छ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आइतबार बस्ने

काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि शुक्रबारको प्रतिनिधिसभा बैठक स्थागित भएको छ।

सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदी समितिको माग गर्दै कांग्रेसले संसद बैठक अवरोध गरेको छ।

Hardik ivf

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जनाएलगत्तै कांग्रेस संसदहरुले उठेर विरोध गरेका थिए। सभामुख घिमिरेले पटक–पटक बसेर सभा सञ्चालनको वातारण बनाइदिने अग्रह गरेपनि सांसदहरुले त्यसलाई मानेनन्, उनीहरु उठेर संसदीय छानविन समिति गठनको माग गरिररहे।

त्यसपछि सभामुख घिमिरेले आजका लागि तय भएका सम्पूर्ण कार्यक्रम कार्यसूचीबाट हटाउँदै बैठक स्थगित भएको घोषणा गरे।

अब प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्