Kathmandu Press

कार्यदलको बैठक विना निष्कर्ष टुंगियो

बैठकबाट बाहिरिएका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमति नजुटेको बताएका छन्।
कार्यदलको बैठक विना निष्कर्ष टुंगियो

काठमाडौं, जेठ ११ : सहकारी ठगी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको क्षेत्राधिकार ‘टीओआर’मा सहमतिका लागि बसेको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेसँगै ठगीको उजुरी परेका सबै सहकारीको छानविन हुनुपर्ने अडान राख्दै आएको छ।

Hardik ivf

बैठकबाट बाहिरिएका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमति नजुटेको बताएका छन्।

कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेमाथि छानबिन गर्ने भन्ने प्रस्ट भाषा राखिनुपर्ने अडान लिँदै आएको छ। त्यसमा सत्तारूढ दलहरूले आफ्ना नेतासँग सहमति लिन भन्दै वैठकबाट बाहिरिएका छन्।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्