Kathmandu Press

पोखरेल रजिष्ट्रार र बुढा परिषद् सचिवमा सिफारिस

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले न्याय सेवाका दुई अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको हो।
पोखरेल रजिष्ट्रार र बुढा परिषद् सचिवमा सिफारिस

काठमाडौं, जेठ ११ : न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेल सर्वोच्च अदालतको रजिस्ट्रारमा र सहरजिस्ट्रार यमबहादुर बुढा न्याय परिषद् सचिवमा नियुक्तिका लागि सिफारिस भएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले न्याय सेवाका दुई अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको हो।

मन्त्रिपरिषदको निर्णयपछि पोखरेल र बुढाको पदस्थापन हुनेछ।

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्