Kathmandu Press

‘भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक छ’

उनले वार्ता र छलफलबाट नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने भन्दै नेपाल अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्ने बताए।
‘भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक छ’

काठमाडौं, जेठ ११ : नेकपा एमालेको परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार बनाउन सकिने बताएका छन्।

परराष्ट्र मामिला विभागले शुक्रबार आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक छलफलमा भट्टराईले भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल हुनुपर्नेमा जोड दिए।

Hardik ivf

उनले वार्ता र छलफलबाट नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने भन्दै नेपाल अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्ने बताए।

भट्टराईले देशमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुने भन्दै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्नुपर्नेमा जोड दिए।

नेपाल र भारतले गठन गरेको प्रवुध्द  समूहका सदस्य रहेका भट्टराईले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको टिप्पणी गरे।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने भन्दै भट्टराईले कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा काम गर्ने एमालेको नीति रहेको चर्चा गरे।

विदेश मामिला विभाग प्रमुख डा. अञ्जान शाक्यले सहजीकरण गरेको छलफलमा  विभागका अरु सदस्यहरूले बदलिँदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा चर्चा गरेका थिए।

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्