संसदअघि विपक्षी दलहरु छलफलमा
विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा लगायतका दल सहभागी छन्।
काठमाडौं, जेठ ११ : प्रतिनिधिसभाको बैठकअघि विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक संसद भवनस्थित सभापति शेरबहादुर देउवाको कार्यकक्षमा सुरु भएको छ।
विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा लगायतका दल सहभागी छन्।
विपक्ष दलहरुले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। संसदीय छानबिन समितिको कार्यादेश बनाउन सत्ता पक्ष र कांग्रेसको कार्यदल बनेपनि सहमति जुट्न भने सकेको छैन।
सोही विषयमा आफ्नो धारणा बनाउन विपक्षी दलहरु छलफलम जुटेका हुन्।
आजै ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। तर, ११ बजिसक्दा बैठक सुरु भइसकेको छैन।
प्रकाशित मिति: ११:२५ बजे, शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












