राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए।
काठमाडौं, जेठ ११ : राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेट भएको छ। दुवैबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो।
भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई जानकारी गराएका छन्।
संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए।
सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसदमा अवरुद्ध गरिरहेको छ।
प्रकाशित मिति: १०:०३ बजे, शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार