संसद गतिरोध हटाउन एकीकृत समाजवादीले पहल गर्ने
पार्टी कार्यालय आलोक नगरमा विहीबार बसेको वैठकले संसदको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।
काठमाडौं, जेठ १० : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले संसद गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आलोक नगरमा विहीबार बसेको वैठकले संसदको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।
प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार