Kathmandu Press

प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ

‘कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ। त्यसका सुरुआत हामी आफैंबाट गर्न आवश्यक छ,’ उनले भने।
प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ

मकवानपुर, जेठ १० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताएका छन्।

प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौंडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उनले  नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने बताए।

Hardik ivf

उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैं तयार रहेको बताए। ‘कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ। त्यसका सुरुआत हामी आफैंबाट गर्न आवश्यक छ,’ उनले भने।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे।

समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताए।

 

प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्