Kathmandu Press

राजदूत नियुक्तिमा थप व्यवस्था गछौं : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको परराष्ट्र नीतिको दुरदृष्टि रहेको बताए।
राजदूत नियुक्तिमा थप व्यवस्था गछौं : मन्त्री श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं, जेठ १० : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हित गर्ने नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको बताएका छन्।

बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको परराष्ट्र नीतिको दुरदृष्टि रहेको बताएका हुन्।

Hardik ivf

‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरतासाथ हेर्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दुरदृष्टि तथा स्वतन्त्रता सन्तुलित राख्दै परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हितको निम्ति नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको छ,’ उनले भने।

मन्त्री श्रेष्ठले परराष्ट्र सेवामा नेपालले गरेको लगानीको यथोचित प्रतिफल लिन तथा व्यवसायिकताको कदर गर्न राजदूत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरि थप व्यवस्था गर्दै लैजाने प्रतिवद्धता जनाए।

राष्ट्रहितको प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनिकरण, महामारी, आतंकवाद तथा साइबर अपराध नियन्त्रण, सुरक्षित अप्रवासन, र अधिकार प्राप्ति परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ।
नेपालको परराष्ट्र नीतिलाई ‘परराष्ट्र सेवा दिवस’ले अझै मजबुत बनाउँदै लैजाने विश्वास समेत मन्त्री श्रेष्ठले व्यक्त गरे।

 

प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्