Kathmandu Press

सगरमाथा आरोहणका क्रममा केन्याका आरोहीको मृत्यु

बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै उनी मृत भेटिएको पर्यटन विभागले जनाएको छ। उनी विनाअक्सिजन चढिरहेका थिए।
सगरमाथा आरोहणका क्रममा केन्याका आरोहीको मृत्यु

काठमाडौं, जेठ १० : सगरमाथा आरोहणका क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ।

बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै उनी मृत भेटिएको पर्यटन विभागले जनाएको छ। उनी विनाअक्सिजन चढिरहेका थिए।

Hardik ivf

उनी सेभेन समिट ट्रेकमार्फत सगरमाथा आरोहण गरिरहेका उनी मे १८मा आधारशिविरबाट दोस्रो आधार शिविर प्रस्थान गरेको विभागले जनाएको छ। गाइड ङवाङ शेर्पासँगै उनी मे २२मा चौथो आधार शिविरबाट सगरमाथाको चुचुरोतर्फ गएका थिए।

ङवाङको अवस्था अझै पनि अज्ञान नै रहेको छ । उनको खोजी कार्य भइरहेको सेभेट समिटले जनाएको छ।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्