बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
बर्दिया, जेठ १० : बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेको प्रहरीले जनाएको छ।
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन्। उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए।
प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार