Kathmandu Press

सहकारीबाट ठगिएका पीडितद्वारा आन्दोलन घोषणा

पीडितहरुले माइतीघर मण्डलाबाट शुक्रबार ११ बजे तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएका हुन्। आफ्ना माग पूरा नभएसम्म देशैभरि सशक्त आन्दोलन गर्ने महासंघले जनाएको छ।
सहकारीबाट ठगिएका पीडितद्वारा आन्दोलन घोषणा

काठमाडौं, जेठ १० : सहकारी ठगी पीडितले शुक्रबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

सरकारसँग भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारीमा ठगिएका पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो।

Hardik ivf

पीडितहरुले माइतीघर मण्डलाबाट शुक्रबार ११ बजे तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएका हुन्। आफ्ना माग पूरा नभएसम्म देशैभरि सशक्त आन्दोलन गर्ने महासंघले जनाएको छ।

तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र पीडितविच विभिन्न सम्झौता भएका थिए। सम्झौता पालना नभएपछि पुनः तेस्रो पटक आन्दोलन गर्न लागिएको हो।

यसअघि अहिलेका भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भइसकेको छ । तर बचतकर्ताको पक्षमा कुनै उपलब्धी नभएपछिसंघर्षका कार्यक्रम घोषणा गरिएको हो।

 

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्