Kathmandu Press

संसदीय छानबिनबारे गठित कार्यदलको बैठक शुरु

समितिको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउन सहमति जुटाउने बिषयमा छलफल हुने जनाइएको छ।
संसदीय छानबिनबारे गठित कार्यदलको बैठक शुरु

काठमाडौँ, जेठ १० : सहकारी ठगी छानबिनका लागि संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ।

कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु भएको हो।

Hardik ivf

समितिको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउन सहमति जुटाउने बिषयमा छलफल हुने जनाइएको छ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको थियो। बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन्।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पनि सदस्य रहेका छन्।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्