Kathmandu Press

सिरोहिया पक्राउको ओलीले गरे खुला समर्थन

‘हयु एण्ड क्राइ भन्छन् नि त्यो भइराखेको छ । त्यो गर्नुपर्नेजस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । जन्मकैद गर्न खोजेको होइन।’
सिरोहिया पक्राउको ओलीले गरे खुला समर्थन

काठमाडौं, जेठ १० : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खुलेर समर्थन गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ओलीर र गृहमन्त्री लामिछानेको मिलेमोतोमा पक्राउ गरिएको टिप्पणी भइरहेका बेला उक्त भनाई आएको छ। बिहीबार झापा पुगेका ओलीले यस्तो भनाई राखेका हुन्।

Hardik ivf

पत्रकारसँगको कुराकानीमा झापा पुगेका ओलीले भने, ‘हयु एण्ड क्राइ भन्छन् नि त्यो भइराखेको छ । त्यो गर्नुपर्नेजस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन।’

उनले सञ्चारमाथिको हमला भन्नका लागि पत्रकारमाथि फौजदारी अभियोग नरहेको बताए। ‘मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्याे ? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो,’ ओलीको कथन थियो।

ओलीले एकजना मिडिया मालिका पक्राउ पर्दैमा लोकतन्त्र नै खतरामा पर्यो भन्नु गलत भएको टिप्पणी पनि गरे। ‘कोही समाउँदा मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने? अहिले डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त?’ उनले प्रश्न गर्दै भने।

लेखेको विषयमा सिरोहियालाई पक्राउ नगरिएको पनि ओलीले बताए। ‘के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र? त्यस्तो गलत व्याख्याचाहिँ उचित हुँदैन,’ ओलीले भने, ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेको छ। यसलाई मैले अदालती प्रक्रिया बुझ्या छु। यस विषयमा धेरै हो हल्ला गर्न जरुरी छैन।’

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्