Kathmandu Press

जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे।
जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन
फाइल तस्बिर।

झापा, जेठ १० : नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताए।

Hardik ivf

अध्यक्ष ओलीले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए। उनले भने, ‘एमाले यो ठाउँमा अब पराजित हुनुुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जानसक्नुपर्छ।’

देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे।

देशमा एमालेको अगुवाइमा विकासको सुरुआत भएको बताउँदै उनले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता संगठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए।

दमकमा पार्टी नेतृत्व सहमतिका साथ चयन गर्न सुझाव दिँदै नभए स्वस्थ निर्वाचनमार्फत पार्टीले जित्ने गरी नेतृत्व चुन्न उनको सुझाव थियो।

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्