Kathmandu Press

सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिंदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्।
सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

मुगु, जेठ १० : मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन्।

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिंदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्।

Hardik ivf

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछी विमानतर्फ जाँदैगर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिंदा घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्