Kathmandu Press

रारा जाँदै गरेको जिप दुर्घटना, विद्यार्थी र शिक्षकसहित १२ घाइते

बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो।
रारा जाँदै गरेको जिप दुर्घटना, विद्यार्थी र शिक्षकसहित १२ घाइते

मुगु, जेठ १० : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो।

Hardik ivf

दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन्। घाइते हुनेहरुमा नौं जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए। घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरिले जनाएको छ।

उनका अनुसार अरु सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्