Kathmandu Press

गण्डकीको मुद्दा टुंगो नलागेसम्म कांग्रेस प्रदेश सभा बैठकमा सहभागी नहुने

अदालतको आदेश विपरीत कार्य गरिएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी समेत दिइएको छ। ‘त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुने छ,’ न्यौपानेले विज्ञप्तिमा भनेका छन्।
गण्डकीको मुद्दा टुंगो नलागेसम्म कांग्रेस प्रदेश सभा बैठकमा सहभागी नहुने

कास्की, जेठ १० : नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको अवस्थामा प्रदेश सभा बैठकमा सहभागी नहुने बताएको छ।

आगामी जेठ ११ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा वैठक आह्वान गरिएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो भनाई राखेका हुन्।

Hardik ivf

गण्डकी प्रदेश सभा सम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेसम्म बैठकमा सहभागि नहुने विज्ञप्तिमा उल्लेख छ।

‘उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने व्यहोरा जानकारी गराउँदै जेठ ११ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने नेपाली कांग्रेस संसदीय दलको निर्णय जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

अदालतको आदेश विपरीत कार्य गरिएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी समेत दिइएको छ। ‘त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुने छ,’ न्यौपानेले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्